ब्राउन सुगर, पैसा सहित ९ जना लागू औषध नियन्त्रण ब्युरोद्धारा सार्वजनिक

ब्राउन सुगर, पैसा सहित ९ जना लागू औषध नियन्त्रण ब्युरोद्धारा सार्वजनिक

  • बुधबार, माघ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.9K
    SHARES

माघ ७ काठमाण्डौं ।  नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले खैरो हेरोईन सहितका लागू औषध, अमेरीकी डलर सहितका पैसासगैँ ९ जना लाई पक्राउ गरेको छ । ब्युरोले बुधबार सार्वजनिक गरेको विवरण अनुसार खैरो हेरोईन, एम्फे टामाईन र नगद सवहि ९ जना पक्राउ परेका छन् ।
खैरो हेरोईन ५३६.५ ग्राम, एम्फे टामाईन ७.५ र ६ लाख ७१ हजार ५ सय नेपाली रुपैया र ६ हजार १ सय अमेरीकी डलर सहित पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
पक्राउ पर्नेमा ईलाम घर भई हाल तारकेस्वर बस्ने ३१ वर्षका सन्दीप राई र दिपक राई तारकेश्वरबाटै पक्राउ परेका हुन् भने ईलामकै केस्याङ योल्मुले नाम गरेका ३६ वर्षे युवालाई मित्रनगरबाट , मनाङका ४६ टासी सन्डुप गुरुङलाई कोटेस्वरबाट, लागू औषध कारोबारको रकम बैंकबाट झिक्ने क्रममा पाँचथर फिदिमबाट ५५ वर्षे भीम प्रसाद लोवा, ४१ बर्षका दिनेश कुमाल र ४३ वर्षका सन्तोष सापकोटा झापा बुद्धशान्तिबाट र झापा घर भई काठमाण्डौं कुमारीथान बस्ने ४१ वर्षे राजेश श्रेष्ठ , ईलाम घर भई गोकर्णेश्वर बस्ने ३६ बर्षे सोनाम कागते रहेका छन् । प्रहरीले श्रेष्ठको डेराबाट ६१०० अमेरीकी डलर बरामद गरेको हो ।
उनीहरुलाई पुष अन्तिम साता र माघ पहिलो साता नियन्त्रणमा लिईएको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ । उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको ब्युरोले जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ