माघ ७ काठमाण्डौं । प्रदेश सभामा निकै सानो आकारमा खुम्चिएको भए पनि नेपाली काँग्रेसलाई यस पटक राजनीतिक लाभकारी प्रस्तावको आईरो लागेको छ । प्रचण्ड माधव र ओली समुहले काँग्रेसको साथ विना प्रदेश १ र बागमति प्रदेशमा सरकार बनाउन र भत्काउन नसक्ने अवस्था रहे पछि काँग्रेसलाई फाईदै फाईदाको सौद्धा गर्ने अवसर मिलेको छ ।
उसलाई एकातिर ओली समुहले दुई मध्य एक प्रदेशमा मुख्य मन्त्री सहितको अफर गरेको छ भने प्रचण्ड माधव समुहले पनि सोही प्रकारको प्रस्ताव गरेको छ ।
सानै संख्यामा भए पनि निर्णायक शक्तिको रुपमा काँग्रेस देखिए पछि अहिले आन्तरीक रुपमा कसलाई सहयोग गर्ने भन्ने निर्णयमा काँग्रेस पुगिसकेको छैन ।
प्रदेश १ का हकमा के गर्ने भन्ने सन्दर्भमा आज सभापति शेर बहादुर देउवाले प्रदेश सो क्षेत्रका केन्द्रीय सदस्यहरुसगँ परामर्श गरेका छन् ।
यस्तै वागमति प्रदेशमा पनि दुबै पक्षको अफरै अफर रहेकाले काँग्रेसले अन्तिम निर्णय गरीसकेको छैन ।
प्रदेश १ र बागमति प्रदेशमा प्रचण्ड माधव समुहले मुख्यमन्त्री बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेका छन् । जहाँ आजबाट छलफल हुने छ ।
दुबै पक्षले एक अर्कालाई कार्बाही गर्दै निष्कासन, निलम्बन गर्ने क्रम चलिरहेकाले उनीहरुबीच एका आपसमा मुठभेड हुन सक्ने खतरालाई ध्यानमा राखेर प्रदेश सभा सचिवालयले मर्यादापालकको संख्या बढाएको छ । प्रदेश १ को सभाहलमा कुर्सी भाँच्न सक्ने त्रासले सचिवालयले कुर्सी जोडेर वेल्डिङ गराएको थियो ।
ओली समुह प्रचण्ड माधव पक्षका आफूले निलम्बन गरेका सांसदलाई सभाभित्र प्रवेश गर्न नदिने रणनीतिमा लागेको छ भने अबरोध भए प्रतिवाद गर्ने तयारी प्रचण्ड माधव समुहले पनि गरेको छ ।
पुष ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरे पछि विभाजित भएको नेकपाको दुबै खेमा एक अर्का बिरुद्ध आक्रामक रुपमा पेश हुँदै आएका छन् ।