संसद विघटन बिरुद्ध परेको रिटमा आज पनि बहस हुँद, कहिले आउला फैसला ?

संसद विघटन बिरुद्ध परेको रिटमा आज पनि बहस हुँद, कहिले आउला फैसला ?

  • बुधबार, माघ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

माघ ६ काठमाडौं । पष ५ गते विघटित प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज पनि बहस हुँदैछ । हिजो वरिष्ठ अधिवक्ता डा.चन्द्रकान्त ज्ञवालीले बहस गर्दागर्दै बहस सकिएकाले आजको बहसको सुरुवात उनले नै बहसको शुरुवात गर्नेछन् ।

हिजो भएको बहसमा अधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउनकै लागि प्रतिनिधिसभा विघटन गरेको जिकिर गरेका थिए । रिट निवेदकहरुका तर्फबाट हिजो पाँच जना अधिवक्ताले बहस गर्दै विघटनको सिफारिस बदर गरी संसद पुनःस्थापना हुनुपर्ने माग दोहो¥याएका थिए ।

हिजो अधिवक्ताहरु डा शिवकुमार यादव, शेरबहादुर ढुङ्गाना, हर्कबहादुर रावल, डा रुद्र शर्मा र डाक्टर ज्ञवालीले बहस गरेका थिए ।
विघटन बिरुद्ध परेको सबै १३ वटा रिटमा एकै पटक सुनुवाई भईरहेको र त्यो पनि शुरुमा प्रत्यक बुधबार मात्र बहस हुने गरेकोमा गत आईतबारदेखि भने दैनिक बहस भईरहेको छ ।
यो महिना भित्रमा संसद पुनस्थापनाको निर्णय सदर गर्ने या बदर गर्ने फैसला आईसक्ने अपेक्षा गरिएको छ । यद्यपि, ईजलाशका न्यायधीशहरुले बहस लामो भएको प्रतिकृया दिईसकेका छन् ।
प्रधानमन्त्री ओली र उनको समुह बाहेक अन्य सबै दल , कानुन व्यवशायी र नागरिक समाजले सर्वोच्चले संसद पुनस्थापना गर्ने आशा राखेका छन् ।
संसद विघटन बिरुद्ध सडकमा पनि आन्दोलनहरु भईरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ