माघ ६ काठमाण्डौं । नेकपाका अध्यक्ष प्रचण्डले संसद विघटन गरेर ओलीले अहिले ठगी धन्दा चलाईरहेको टिप्पणी गरेका छन् । आफू प्रधानमन्त्री हुन जे पनि गर्ने ओलीको व्यवहार ठगी धन्दाको उपज भएको प्रचण्डले बताए ।
प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई संवोधन गर्दै प्रचण्डले ओलीको संसद विघटनको सिफारीसमा राजा महाराजाको जस्तो दुर्गन्ध आउने गरेको भन्दै यो निरकुंशता र प्रतिगमनतिर जाने कदम भएको बताए ।
उनले आफू भावुक र कठोर दुबै हुन सक्ने मान्छे भएको भन्दै ओलीलाई भित्तामा पुर्याउने चेतावनी दिए ।
प्रचण्डले सर्वोच्च र निर्वाचन आयोगमा सेटिगं भएको छ भनेर चर्चा सुन्ने गरेको भन्दै अहिले त्यसबारेमा टिप्पणी नगर्ने तर अदालत र आयोगप्रति भरोसा रहेको बताए ।
अब नेपाली जनता सिंह भएको भन्दै फेरी निरकुशता र प्रतिगमन रोक्न एकजुट भएर गर्जने समय आएको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline