प्रतिनिधि सभा पुनस्थापित हुँदैन, ढुक्कले निर्वाचनमा लाग्नुस् : प्रधानमन्त्री ओली

प्रतिनिधि सभा पुनस्थापित हुँदैन, ढुक्कले निर्वाचनमा लाग्नुस् : प्रधानमन्त्री ओली

  • मङ्लबार, माघ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

माघ ६ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब संसद विघटन भएर निर्वाचनको मिति घोषणा भईसकेको अवस्थामा संसद पुनस्थापित नहुने दाबी गर्दै निर्वाचनमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
नुवाकोटका अगुवा कार्यकर्ताहरुलाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले अब निर्वाचन हुन्छ या हुँदैन भन्ने भ्रममा नपरी जनतामा जान निर्देशन दिए ।
साथै उनले सबै पार्टी र जनवर्गीय संगठनहरु पुनर्गठन गर्न पनि भनेका छन् ।
उनले प्रचण्डलाई लक्षित गर्दै कतिपय नेताले युवाहरुलाई भड्काउन खोजेको आरोप लगाए । तर आफूहरु हिंशामा नभई शान्तिपूर्ण गतिविधिका पक्षमा रहेको जिकिर गरे ।
अब लडाकु र निर्वाचनमा नाममा हिजो जसरी अनियमितता भयो अब त्यस्तो हुँदैन ओलीले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ