प्रदेश सभामा सांसदले कुर्सी भाँच्ने डरले वेल्डिङ गरियो

प्रदेश सभामा सांसदले कुर्सी भाँच्ने डरले वेल्डिङ गरियो

  • मङ्लबार, माघ ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 16K
    SHARES

माघ ६ विराटनगर । भोलीदेखि प्रदेश १ सभाको बैठक शुरु हुँदै छ । यस बैठकमा पेश हुन यस अघि नै नेकपा प्रचण्ड माधव समुहका ३७ सांसदले अविस्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रचण्ड माधव र ओली समुहले एक अर्कालाई कार्बाहीको प्रकृया पनि जारी राखेका छन् ।
यस्तो स्थितिमा भोलीको संसद बैठकमा मुठभेड हुने खतरा देखेर संसद सचिवालयले भने कुर्सीलाई वेल्डिङ गराएको छ । जसका कारण कुनै पनि सांसदले अब कुर्सी उचालेर फ्याक्न सक्ने छैनन् ।
मुख्य मन्त्री अविस्वासको प्रस्तावमा छलफल नगराउन दबाब दिईरहेका छन् भने अन्यले सो प्रस्तावमा छलफल शुरु गर्नु पर्ने माग गरीरहेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा संसदीय दलमा चरम विवाद भएर एक अर्कालाई समूहगत कारबाही गर्दै निलम्बनको घोषणा गरेको अवस्थामा प्रदेशसभा बैठकमा कसलाई प्रवेश दिने र कसलाई प्रवेश नदिने भन्ने विषयमा पनि सकस देखिएको छ ।
संसद नियमावली अनुसार सांसदलाई निलम्बन गर्ने या नगर्ने भन्ने विषयको अधिकार सभामुखलाई छ । दलको बैठकबाट निलम्बनको सिफारिस परेको छ भने त्यस दलको विधान र संसद नियमावली अनुसार उक्त दलको सिफारिस सदर गर्ने वा नगर्ने भन्ने अधिकार पनि सभामुखमै निहीत छ ।
मुख्यमन्त्री राईले आफूले निलम्बन गरेका सांसदहरुलाई बैठकमा प्रवेश गर्न नदिने अडान राखेका कारण पनि मुठभेड निम्तिन सक्ने खतरा बढेको छ ।
आफू बिरुद्ध अविस्वासको प्रस्ताव ल्याउने सांसद मध्य केहीलाई आफूतिर तान्ने कसैलाई निलम्बन गर्ने र मुख्यमन्त्रीमा रहीरहने रणनीति मुख्यमन्त्रीले अख्तियार गरेका छन् ।
तर प्रचण्ड माधव पक्ष पनि प्रदेश सभामा बलियो भएकाले उनीहरु पनि सो निर्णय मान्न तयार छैनन् । यसै कारण संसद सचिवालयले कुर्सी जोगाउने तयारी गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी