माघ ५ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहले तीन दिन भित्र स्पष्टीकरण पेश गर्न पत्र पठाएको छ ।
सुरेन्द्र पाण्डे र श्रीराम ढकाल गएर प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारको गेटमा सो स्पष्टीकरण पत्र बुझाएका छन् ।
अनुसासनको उलंघन र विधान विपरीत काम गरेको भन्दै पत्रमा तपाईलाई पार्टी सदस्यबाट किन नहटाउने भनी उल्लेख भएको बुझिएको छ ।
यस अघि सो समुहको स्थायी समितिको बैठकले स्पष्टीकरण सोधेर चित्तबुझ्दो जवाफ नदिए कार्बाही गर्ने निर्णय गरेको थियो ।
स ५ गते असंवैधानिक रूपमा संसद विघटन गरेसँगै प्रचण्ड-नेपाल पक्षीय स्थायी कमिटी बैठकले पार्टी अध्यक्षबाट हटाउन केन्द्रीय कमिटीलाई सिफारिस गरेको थियो। पुस ७ गते बसेको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय कमिटीले ओलीलाई अध्यक्षबाट हटाएको थियो। ओलीको ठाउँमा माधव नेपाल अध्यक्ष बनेका छन्।
४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा २ सय ९७ जना उपस्थित बैठकले ओलीलाई हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो।