अदालतले प्रतिनिधि सभा पुनस्थापना नगरे चुप लागेर बसिन्नः भट्टराई

अदालतले प्रतिनिधि सभा पुनस्थापना नगरे चुप लागेर बसिन्नः भट्टराई

  • सोमवार, माघ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

माघ ५ काठमाण्डौं । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले राज्यका सबै अंगलाई धम्क्याईरहेको भन्दै अब अदालतको परीक्षाको घडी आएको बताएका छन् ।

असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरिएको भन्दै यदी सर्वोच्चले संसद पुनस्थापना नगरे चुप लागेर नबस्ने चेतावनी पनि दिए ।
आफूहरुले संसद विघटन विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने र हस्तक्षेप भए रामनाम जपेर नबस्ने उनले बताए ।

आज गणेशमान सिंह तथा शहीद स्मृती शान्ति प्रतिष्ठानले राजधानीमा गरेको अन्तक्रियामा डा. भट्टराईले प्रतिनिधि सभा विघटन संविधानको व्यवस्थाभन्दा बाहिरबाट गरिएको छ र यो संविधानमाथिको प्रहार भएकाले अब काँग्रेसको नेतृत्वमा आन्दोलन हुनु पर्ने बताए ।
यदी संसद पुनस्थापना भए मुलुकको नेतृत्व गर्ने अवसर तत्कालै आउने भएकाले निर्वाचन कि संसद पुनस्थापना बनेर अलमलमा नलाग्न काँग्रेसलाई उनले आग्रह पनि गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ