संसद विघटन बिरुद्धको मुद्धामा आज पनि सर्वोच्चमा सुनुवाई हुने

संसद विघटन बिरुद्धको मुद्धामा आज पनि सर्वोच्चमा सुनुवाई हुने

  • सोमवार, माघ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

माघ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते ससद विघटन गरेको बिरुद्ध परेका एक दर्जन बढी रिटमाथिको बहस आज पनि हुने भएको छ । सबै रिटहरुलाई सवैधानिक ईजलाशमा सुनुवाई भईरहेको हो ।
कानुन व्यवशायीहरुले पूर्ण ईजलाशको माग राखे पनि सर्वोच्चले त्यसलाई अस्वीकार गरीसकेको छ ।
शुरुमा बुधबार बुधबार मात्र सुनुवाई हुने गरेकोमा हिजो देखि भने देनिक सुनुवाई राखिएको हो ।
हिजो वरिष्ठ कानुन विद विभार्जुन आचार्य सहितका अधिवक्ताहरुले प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको जिकिर गर्दै बहस गरेका थिए ।
प्रधानन्यायधीशसँग सवाल जवाफ पनि भएको थियो । आज पनि बहस जारी रहनेछ ।
सर्वोच्चले संविधान विपरीत भएको संसद विघटनको निर्णयलाई बदर गर्ने र संसद पुनस्थापित हुनेमा आन्दोलरत दलका नेताहरु आशाबादी छन् ।
तर प्रधानमन्त्री ओली भने संसद पुनस्थापना नहुने भन्दै निर्वाचनमा लाग्न निर्देशन दिँदै आएका छन् ।
संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै सडकमा काँग्रेस, नेकपा प्रचण्ड माधव समुह, जसपा लगायतका दलहरु आन्दोलित बनिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ