ओलीको नेकपा ‘धुन्धुकारी’, ‘मेला, झमेला भएको माछा बजार’ र जात्रा होः अध्यक्ष नेपाल

ओलीको नेकपा ‘धुन्धुकारी’, ‘मेला, झमेला भएको माछा बजार’ र जात्रा होः अध्यक्ष नेपाल

  • आइतवार, माघ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

नेपालगन्ज, ४ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली महाभारतका खलपात्र दुर्योधन जस्तै भएको टिप्पडि गरेका छन् ।

नेकपा बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले ओलीले हारिसक्दा पनि दम्भ र अहंकारले अन्तिम अवस्थामा युद्ध लडिरहेका दुर्योधन जस्तै भएर अघि बढेको बताए ।

दुर्योधनको जस्तै प्रवृत्ति बोकेका व्यक्ति केपी ओली भएको भन्दै उनले भने , ‘ओलीको अब फुर्ती चल्नेवाला छैन ।’

नेता नेपालले ओलीको नेकपालाई ‘धुन्धुकारी’, ‘मेला, झमेला भएको माछा बजार’ र जात्राको संज्ञा पनि दिए । उनले ओलीले थप गरेका केन्द्रीय सदस्यलाई जात्रामा सहभागी व्यक्तिको रुपमा टिप्पणी गरे ।
नेता नेपालले ओलीको पार्टी काठमाडौंमा भएका जात्रा जस्तै भएको टिप्पडि गर्दै जात्रामा सामेल हुनु र सदस्य बनिहाल्न समेत सुझाए । ,
उनले केपी ओलीका कार्यकर्ता डम्मरु बजाउँदै नेपालगन्जमा पनि युवा, विद्यार्थी र मजदुर किसानको केन्द्रीय सदस्य बाँड्न आउन सक्ने भएकाले सतर्क रहन आग्रह गरेका थिए । उनको केपीको वकालत गर्नेहरुलाई भने साइबर सेना र रावण सेना भएको पनि बताए ।

उनले नेकपाको केन्द्रीय सदस्यमध्ये ७० प्रतिशत आफ्नो पक्षमा भएकाले पार्टीको नाम र चुनाव चिह्न सूर्य आफूहरुले नै पाउने पनि दाबी गरेका थिए ।

सोही कार्यक्रममा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि निर्वाचन आयोगले आफूहरु रहेको पार्टीलाई सूर्य र पार्टीको नाम दिनुको विकल्प नभएको दाबी गरेका थिए ।
कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्यद्वय युवराज ज्ञवाली र वर्षमान पुन लगायतका नेताले संसद विघटनाका विरुद्धमा गाउँ तहबाटै कार्यकर्ता आन्दोलित हुन आव्हान गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ