ओलीलाई योगेशले दिए चेतावनी, मैले तपाइले भन्दा धेरै भोट ल्याएर जितेको हुँ, जिस्काउने ?

ओलीलाई योगेशले दिए चेतावनी, मैले तपाइले भन्दा धेरै भोट ल्याएर जितेको हुँ, जिस्काउने ?

  • आइतवार, माघ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

माघ ४ मन्थली । नेकपाका पचण्ड माधव समुहका नेता योगेश भट्टराईले आफूलाई प्रधानमन्त्री ओलीले केटो भनेर जिस्काएकोप्रति गंभीर चेतावनी दिएका छन ।
रामेछापको मन्थलीमा आज आयोजित सभालाई संवोधन गर्दै भट्टराईले मैले केपी ओलीले भन्दा धेरै भोट ल्याएर जितेको सांसद हुँ, मलाई केटो भनेर जिस्काउने ? भनी प्रतिप्रश्न गरेका छन् ।
हिजो राजधानीमा आयोजित कार्यकर्ता भेलामा योगेशलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले एउटा केटोलाई टिपेर मन्त्री बनाईदिएको पुक्क लात्तीले हानेर हिँड्यो भनी गरेको टिप्पणीप्रति आक्रोस व्यक्त गरेका हुन् ।
उनले प्रधानमन्त्रीलाई होस गुमाएर नबोल्न पनि सचेत गराए । भट्टराई पर्यटन मन्त्री हुँदा हुँदै ओलीले संसद विघटन गरेपछि राजीनामा दिएर प्रचण्ड माधव समुहमा उभिएका नेता हुन् ।
नेकपाको स्पष्ट बहुमत भएको प्रतिनिधिसभालाई असंवैधानिक कदमबाट विघटन गर्ने प्रधानमन्त्री केपी ओलीले कुन नैतिकताले फेरि प्रतिनिधिसभा माग गर्ने अधिकार छ रु भट्टराईले प्रश्न गरे । ‘प्रधानमन्त्रीको नैतिकता छैन, उहाँ जाली काम गर्दै आउनुभएको छ ’, भट्टराईले भने ।
ओलीले १७ साल दोहोर्याउन खोजेको भन्दै त्यस्तो सपना नदेख्न पनि चेतावनी दिएका छन ।
ओलीको स्कुलमा मर्यादा, ईमान्दारीता र नैतिकता नसिकाईने भन्दै त्यस्तो स्कुलमा भर्ना नहुन उनले नेता कार्यकर्तालाई अपील समेत गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ