निर्वाचन आयोगले दिनलाई रात बनाउन सक्दैन, गणतन्त्र आँउदा जनता हाँस्दै हिँड्दा ओली रुदै थिएः प्रचण्ड

निर्वाचन आयोगले दिनलाई रात बनाउन सक्दैन, गणतन्त्र आँउदा जनता हाँस्दै हिँड्दा ओली रुदै थिएः प्रचण्ड

  • आइतवार, माघ ४, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.4K
    SHARES

माघ ४ काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डले निर्वाचन आयोगले दिनलाई रात र रातलाई दिन बनाउन नसक्ने बताएका छन् ।
राष्ट्रिय युवासंघको बैठकमा संवोधन गर्दै कार्यक्रममा दाहालले निर्वाचन आयोग र सर्वोच्च अदालमाथि आफूहको भरोसा रहेको बताए ।
निर्वाचन आयोगले दलको आधिकारीकता र चुनाव चिन्ह सूर्य आफूहरुलाई दिन विभाजन अघिको पार्टीको पूर्ण बहुमत रहेको विवरण पेश गरीसकेको सन्दर्भमा प्रचण्डले उक्त भनाई दोहोर्याएका हुन् ।
सात दशक लडेर ल्याएको उपलब्धिमाथि प्रहार हुँदा आफूहरुले खुशीयाली मनाउन नसक्ने उनले बताए ।
प्रचण्डले गणतन्त्र आउदा जनता सडकमा हाँस्दै नाच्दै हिँडेका बेला ओली रुँदै हिडेको दाबी पनि गरे ।

प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीले मैले मान्छेलाई हँसाए भनेर किन पीर परेको होला भनेर मलाई प्रश्न गर्नुभएछ । मलाई पिर पर्नेभन्दा पनि नेपाली जनताले सात दशक लडेर ल्याएको उपलब्धिको हत्या भएको छ । हामी मातङ मनाएका छौं । मान्छे मर्‍यो, बा आमा मरेपछि जो चिन्ता हुन्छ परिवारको सबैलाई, त्यो चिन्ताको बेला हामी कमिक गर्न सक्दैनौं, हाँस्न सक्दैनौं । तपाई त्यस्तो मान्छे हुँनुहुँदो रहेछ ।’

‘“जति कमिक गर्न चाहनुहुन्छ गर्नुस् । तपाईंलाई त्यो स्वतन्त्रता छ ।” ओलीलाई प्रचण्डले भने ।
ओलीले जनतालाई मुर्ख बनाउन आफू पनि भ्रष्टाचार गर्दिन, अरुलाई पनि गर्न दिन्न भन्ने अभिव्यक्ति आईरहने गरेको तर व्यवहारतः भ्रष्टाचारीलाई बचाउन आफै न्यायधीश जस्तो गरेर चोख्याउने गरेको प्रचण्डको आरोप छ ।

एक प्रसंगमा प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री जनताले बनाएको नभई पार्टीेले बनाएको र पार्टीले निर्णय गरेर फिर्ता बोलाएको तर पार्टीको निर्णय नमान्ने, बैठक छाडेर भाग्ने गरेको आरोप लगाए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ