नवलपरासीमा नेकपाबाट निर्वाचित वडा अध्यक्षले गरे सरकारी मोटरसाइकलको दुरुपयोग

नवलपरासीमा नेकपाबाट निर्वाचित वडा अध्यक्षले गरे सरकारी मोटरसाइकलको दुरुपयोग

  • आइतवार, माघ ४, २०७७
  • रबिन्द्र यादव

  • 17.5K
    SHARES

४ माघ । नवलपरासी पश्चिमको सुनवल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षले सरकारी सवारीसाधनको दुरुपयोग गरेका छन ।
शनिवार ९विदाको दिन ० नगरपालिकाले वडा अध्यक्षको लागि सवारी सुविधा दिएको लु १ ब १९२३ नम्बरको मोटरसाईकल दुरुपयोग भएपछि स्थानीयले एक्छिन कब्जामा लिएपछी छोडेका थिए । वडा अध्यक्ष राजेन्द्र यादवले आफ्ना कार्यकर्तालाई मोटरसाईकल चलाउन दिएको स्थानीयको भनाइ छ ।

पटक पटक सरकारी सवारी साधनको दुरुपयोग भएपछी स्थानीयले नियन्त्रणमा लिएको स्थानीय कुन्दन बानीयाले बताए । पटक पटक वडा अध्यक्षले सरकारी साधनको दुरुपयोग गरेकाले केही बेर नियन्त्रणमा लिएर सवारी छाडिएको स्थानीयले बताए ।

वडा अध्यक्ष राजेन्द्र यादवले भने आफ्नो घरमा रहेको सवारी चलाउने चालकलाई सामान लिनका लागि सुनवल चोक सम्म सवारी दिएको भन्दै अतिरन्जित गर्न खोजिएको बताए । यादव भने नेकपाबाट निर्वाचित जनप्रतिनिधि हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ