वीरगंज, ४ माघ ।
प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेसले पर्साको विभिन्न पालिकामा शनिबार मोटरसाइकल र्याली र विरोध सभा गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सर्बसत्ताबादी सरकारको प्रतिगामी कदम, असंवैधानिक संसद विघटन, भ्रष्टाचार, कुशासनका विरुद्धमा नेपाली काँग्रेस बिन्दवासिनी गाउँपालिकाले पालिका स्तरिय मोटरसाइकल र्याली र बिरोध सभा गरेको छ ।
नेपाली कांग्रेस बिन्दवासिनी गाउँपालिकाका संयोजक विवेक कुमार चौरसियाको नेतृत्वमा निस्केको मोटरसाइकल र्याली लाई इटियाही चौकमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा तराई मधेस समन्वय बिभागका प्रमुख अजय कुमार चौरसियाले नेपाली कांग्रेसको झण्डा देखाइ ¥यालीको शुभारम्भ गर्नु भएको थियो । मोटरसाइकल र्याली गाउँपालिकाका पाँच वटै वडालाई परिक्रमा गरेको थियो । इटियाहि चौकबाट सयौंको संख्यामा निस्केको र्याली मधवल, अमरपट्टी, झौवागूठी, बहुअर्वा भाठा, हरिनगर, गर्दौल, भेलाहा, बडसावरा, हासवा हुँदै प्रसौनी भाठामा पुगेर कोण सभामा परिणत भएको थियो ।
राज्य प्रशासन बिभाग का सदस्य अशोक कुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षक महासंघ प्रदेश नं. २ का उपमहा सचिव मोहनलाल पटेल, वडा अध्यक्ष अनोज चौरसिया, गाउपालिका उपाध्यक्ष किरण देबी गुप्ता, बिपि चिन्तन प्रतिस्ठानका अध्यक्ष फजिल मिया लगायतकाले आ–आफ्ना बिचारहरु राखेका थिए । कोण सभा नेपाली कांग्रेस बिन्दवासिनी गाउँपालिका संयोजक विवेक कुमार चौरसियाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
त्यसैगरी पर्साको बहुदरमाई नगरपालिका पनि नेपाली कांग्रेसको विरोध सभा सम्पन्न भएको नेपाली कांग्रेसका जिल्ला सचिव श्याम पटेलले जानकारी दिए । कम्युनिस्ट सर्बसत्ताबादी सरकारको प्रतिगामी कदम, असंवैधानिक संसद विघटन, भ्रष्टाचार, कुशासनका विरुद्धमा आयोजित विरोध सभा सम्पन्न भएको उनले वताए ।
नेपाली काँग्रेस बहुदमाइ नगरपालिकाको आयोजनामा भएको विरोध सभामा नेपाली कांग्रेका केन्द्रिय सदस्य अजय चौरसिया, प्रदेश सभा सदस्य राजेशवर साह लगायतकाले सम्बोधन गरेका थिए ।
यस्तै कालिकामाई गाउँपालिकाको वडा नं. २ गदियानीबाट निस्केको मोटरसाइकल ¥याली गदियानी, भेडिहारी, बलुवा, बिरन्चिबर्वा, हरिहरपुर, सिमरा, मुडली, रबिदासको परिक्रममा गरेपछि टिनडोबियामा पुगी कोण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै गाउँपालिका संयोजक राजेन्द्र कुमार कुर्मीले प्रधानमन्त्री केपी शर्मा ओली तनाशाह बन्दै गएको आरोप लगाए । नेपाली कांग्रेस कालिकामाई गाउँपालिको आयोजनामा भएको बिरोध कार्यक्रममा छठु साह, संजय साह, रामानन्द ठाकुर, रामशिष यादव लगायत सयौंको सहभागिता रहेको थियो ।
यस्तै, छिपहरमाई गाउँपालिका पनि संसद विघटनको विरोधमा गाउँपालिका संयोजक धुरेन्द्र साह कानुको नेतृत्वमा र्याली निस्केको थियो । यस्तै, जगरनाथपुर गाउँपालिकामा पनि संसद विघटनको विरोधमा मोटरसाइकल र्याली तथा विरोध सभा सम्पन्न भएको क्षेत्रिय सचिव श्रीकान्त यादवले जानकारी दिए । मोटरसाइकल र्याली गाउँपालिकाको विभिन्न वडाको परिक्रममा गरेका थिए ।
यस्तै, धोबिनी गाउँपालिका पनि नेपाली कांग्रेसको मोटरसाइकल र्याली तथा विरोध सभा सम्पन्न भएको क्षेत्रिय सचिव बलिष्ठर अहमदले जानकारी दिए । विरोध सभालाई महासमिति सदस्य बशिष्ठ नारायण कुर्मीले सम्बोधन गरेका थिए ।