देशभरका स्थानीय तहमा काँग्रेसको प्रदर्शन, असंवैधानिक कदम नसहने चेतावनी (तस्वीर सहित )

देशभरका स्थानीय तहमा काँग्रेसको प्रदर्शन, असंवैधानिक कदम नसहने चेतावनी (तस्वीर सहित )

  • शनिबार, माघ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

माघ ३ काठमाण्डौं । पुष मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको बिरुद्ध आन्दोलित नेपाली काँगेसले आज देशभरका सबै स्थानीय तहमा बिरोध प्रदर्शन गरेको छ ।
यस अघि काँग्रेसले सबै प्रदेश र संघीय निर्वाचन क्षेत्रमा पनि विरोध प्रदर्शन गरेको थियो ।
आजको विरोध प्रदर्शनमा बोल्ने काँग्रेस नेताहरुले प्रधानमन्त्री ओलीले संविधान र लोकतन्त्र बिरोधी काम गरेको भन्दै सह्य नहुने चेतावनी दिएका छन् ।
काठमाण्डौंको बसन्तपुरमा आयोजित विरोध सभालाई संवोधन गर्दै नेता प्रकाश मान सिंहले प्रधानमन्त्रीले आफैलाई संविधान ठानेको भन्दै अब काँग्रेस टुलुटुलु हेरेर नबस्ने बताए ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमलाई रोक्नु पर्नेमा उल्टै अनुमोदन गरेर राष्ट्रपतिले समेत गलत गरेको नेता सिंहले बताए ।
अन्य विभिन्न स्थानमा भएका कार्यक्रमहरुमा अन्य नेताहरुले संवोधन गर्दै अलोकतान्त्रिक र असंवैधानिक कदम मान्य नहुने चेतावनी दिएका थिए ।
काँग्रेस सभापति शेर बहादुर देउवाले प्रदर्र्शनमा भाग लिने सबैलाई धन्यवाद दिएका छन् ।

Image may contain: 2 people, people on stage

Image may contain: 2 people

Image may contain: one or more people, people on stage, crowd and outdoor

Image may contain: 2 people, people on stage

Image may contain: 3 people, people dancing, crowd and outdoor

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी