मैले तीन वर्ष तालिम दिँदा पनि प्रचण्डले नाच्न जानेनन्, ओलीको कटाक्ष

मैले तीन वर्ष तालिम दिँदा पनि प्रचण्डले नाच्न जानेनन्, ओलीको कटाक्ष

  • शनिबार, माघ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

माघ ३ काठमाण्डौं । प्रधानमन्त्री एवं नेकपा ओली समुहका अध्यक्ष केपी ओलीले आफूले प्रचण्डलाई कम्युनिष्ट तालमा नाच्न तीन वर्ष तालिम दिए पनि उनले नाच्न नजानेको कटाक्ष गरेका छन् ।
एक नं प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलालाई तीनकुनेमा संवोधन गर्दै ओलीले ९ महिनामा गाँउका ठिटाहरु त तालिम लिए पछि सेना पुलिस हुन्छन् तर प्रचण्डलाई यति लामो तालिम दिदा पनि नाच्न नजानेको भन्दै व्यग्य गरेका हुन् ।
भालुलाई पनि मान्छेले तालिम दिने गरेको भन्दै प्रचण्डलाई जति तालिम दिए पनि आफूले तवेला बजाउदा प्रचण्ड धामी जस्तो नाच्ने गरेको टिप्पणी गरे ।
प्रचण्डले आफ्नै राजनीतिक गुरु मोहन बैद्यलाई लखेटेको, डा. बाबुराम भट्टराईलाई प्रयोग गरेर अहिले धोती कुर्ता लगाउने बनाएको, विप्लवलाई जंगलतिर लेखेटेको दाबी गर्दै प्रचण्ड नेपाल बाँचुन्जेल अध्यक्ष चाहिने खालको मान्छे भएको ओलीको तर्क छ ।
आफूले कुनै पनि न्यायधीशलाई नभेटेको दाबी गर्दै प्रधानमन्त्रीले झट्टा भ्रम फैलाईएको बताए ।
यदी प्रचण्ड माधव नेपाललाई सूर्य चिन्ह चाहिने भए पार्टीमा फर्कन उनले अपील गरे । एक पटक पनि सूर्य चिन्हबाट चुनाव नलडेका मान्छेलाई किन चाहियो सूर्य चिन्ह ? यदी चाहिन्छ भने पार्टीमा फर्कनुस्, हिजो सूर्य चिन्हमा भएका मान्छेले भोट जितेर जित्नु भएको हो प्रचण्डलाई लक्षित गर्दै ओलीले भने ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ