माघ ३ । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीसगँ अब कुनै पनि हालतमा मिल्न नसकिने स्पष्ट पारेका छन् ।
दाङको घोराहीमा प्रेस संगठन दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपमलले ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम बिरुद्ध काँग्रेससगँ मिलेर सँयुक्त आन्दोलनको तयारी भएको दाबी गर्दै नेपालले सभापति देउवासगँको भेटवार्ता पछि माहौल सकारात्मक रहेको बताए ।
यस्तै अन्य पार्टीहरुसगँ पनि वार्ताको तयारी भएको उनले बताए ।
वामदेव गौतमजीहरु पार्टी एकता भनेर लागिरहनु भएकोछ , त्यो भनेको बालुवा पेलेर तेल निकाल्छु भन्नु जस्तै हो , यो संभव छैन ओलीले भने ।
आन्दोलनको बलमा असंवैधानिक कदमको करेक्सन गर्ने उनले बताए ।
ओलीलाई नेपाली शब्दकोषमा भेटिने सबै तुच्छ शब्दहरु जति प्रयोग गर्दा पनि फरक नपर्ने भन्दै नेपालले ओली भनेको बिध्वशंको अर्को रुप भएको बताए ।