भारत भ्रमण पूरा गरि परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फर्कँदै

भारत भ्रमण पूरा गरि परराष्ट्रमन्त्री ज्ञवाली स्वदेश फर्कँदै

  • शनिबार, माघ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

३ माघ, काठमाडौं । तीन दिने भारत भ्रमण पुरा गरि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आज अपरान्ह स्वदेश फर्कँदै हुनुुहुन्छ ।

नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन उहाँ दिल्ली जानुभएको हो । बैठकमा सीमा समस्या समाधानको बिषय प्रवेश गरेपनि छलफल भने नभएको बताईएको छ ।

सुस्तादेखि कालापानी–लिम्पियाधुरासम्मको विवादित सीमाबारे बैठकमा कुरा उठेपनि समाधानको मोडालिटीका विषयमा भने छलफल हुन सकेन ।

शुक्रबार भारतको नयाँदिल्लीमा रहेको हैदराबाद हाउसमा भएको बैठकमा नेपालले दुई देशले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवाद समाधान गर्दै सम्बन्ध थप सुदृढ र विस्तार गर्नुपर्नेमा जोड दिएको बताइएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध बलियो बनाउन सीमा विवाद वार्ताबाट समाधान गर्नुपर्ने बताउनुभयो ।

भारतले भने सीमा विवादबारे उपयुक्त संयन्त्रमा छलफल गरेर समाधान खोज्नुपर्ने बताएको छ ।

बैठकमा प्रबुद्ध व्यक्ति समूह ईपीजीको प्रतिवेदन, १९५० को सन्धि पुनरावलोकनलगायतका विषयमा पनि छलफल भएको नेपाली दूतावासले जनाएको छ  ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ