प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले आज सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै

  • शनिबार, माघ ३, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

३ माघ, काठमाडौं । नेपाली कांग्रेसले आज देशभरकाका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ । पूर्वघोषित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमा प्रदर्शन गर्न लागेको हो ।

विरोध प्रदर्शनमा सहभागी हुन सबै नेता कार्यकर्तालाई सभापति शेरबहादुर देउवाले आह्वान गर्नु भएको छ ।

सोही अनुसार यसअघि कांग्रेसले पुस २५ गते ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा र पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा‍ विरोध प्रदर्शन गरेको थियो ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्पति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि कांग्रेस आन्दोलित छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ