लिपुलेक, कालापानी र लिम्पियाधुराबारे दिल्लीमा केही बोलेनन् परराष्ट्रमन्त्री ज्ञवाली

लिपुलेक, कालापानी र लिम्पियाधुराबारे दिल्लीमा केही बोलेनन् परराष्ट्रमन्त्री ज्ञवाली

  • शुक्रबार, माघ २, २०७७
  • मिर्मिरे अनलाइन

  • 25.5K
    SHARES

माघ २ काठमाण्डौं । नेपालले सीमाका मुद्धा पनि उठाउने भन्दै तीन दिनका लागि दिल्ली पुगेका परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानीको बिषयमा कुनै कुरा उठाउन नसकेको देखिएको छ ।
चाहे सँयुक्त आयोगको बैठकमा होस्, चाहे भारतीय समकक्षीसँगको भेटमा वा सार्वजनिक कार्यक्रममा मन्त्री ज्ञवालीको मुखबाट कालापानी, लिपुलेक र लिम्पियाधुराको बिषयमा उच्चरण समेत नगरेको पाईएको छ ।
समग्रमा सीमा समस्या भने पनि लिपुलेकमा भारतले अतिक्रमण गरेर नेपाली भूमिमा बनाएको बाटो, नेपालले जारी गरेको नक्सा र भूमि फिर्ताको बारेमा कुनै अभिव्यक्ति दिन नसकेको देखिएको छ ।
शुरुमा नक्सा ल्याउदा जसरी पनि भूमि फिर्ता गरिन्छ भन्ने प्रधानमन्त्री ओलीको दाबी थियो ।
तर लामो समय द्धिदेशीय सम्बन्ध नै अवरुद्ध भएर सडकमा जनताको व्यापक आन्द्योलनपछि त्यस्तो प्रतिवद्धता जनाएको सरकारको आधिकारीक प्रतिनिधिले भारतसगँ यस विषयमा छलफल नै गर्न सक्दैनन् भने कसरी भूमि फिर्ता गर्न सक्छ भन्ने चासोको बिषय बनेको छ ।
मन्त्री ज्ञवालीले दिल्लीमा लामो संवोधन गरेको कार्यक्रममा समेत नियतबस नै नेपालको पुरानो नक्सा राखिएको थियो । जसबारे आयोजकलाई पनि नेपालको तर्फबाट केही भनिएन र मन्तव्यमा प्रतिकृया पनि दिईएन ।
आज इण्डियन काउन्सिल वर्ड अफेयर्सले आयोजना गरेको कार्यक्रममा पनि मन्त्री ज्ञवालीले लामो मन्तव्य दिए । तर लिपुुलेक, कालापानी, लिम्पियाधुराको बारेमा चर्चा समेत गरेका छैनन् । बरु त्यो कार्यक्रममा राखिएको ब्यानरमा नेपालको नक्सा राखिएको छ तर नेपालले नयाँ नक्सा राखिएको छैन ।
मन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षा मन्त्री राजनाथ सिंहलाई पनि भेट्ने भनिएको छ । उनी भोली स्वदेश फर्कनेछन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ