माघ २ काठमाण्डौं । नेपालमा आज २७० जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३ हजार ८४ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।
यो सँगै कुल संकमितको संख्या २ लाख ६६ हजार ८१६ जना पुगेको छ ।
त्यसै गरी २४ घण्टामा ३९० जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या २ लाख ६० हजार ५६७ जना पुगेका छन् । यो भनेको ९७.७ प्रतिशत हो ।
यसै गरी आज कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको कुल संख्या १९४८ पुगेको छ ।
अब सक्रिय संक्रमितको संख्या ४ हजार ३०१ जना रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline