काठमाडौं, माघ २ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन असंवैधानिक भएकाले यो सच्चिनु पर्ने र त्यसो हुन नसके देशमा अनर्थ हुने चेतावनी दिएका छन् ।
आज भिडियो सन्देश दिँदै नेता पौडेलले संसद् विघटन नसच्चिए देश अन्धकारतिर जाने भएकाले सबैले डटेर सामना गर्नु पर्ने बताए ।
प्रधानमन्त्री केपी ओलीले नै संसद् विघटन अवैधानिक भएको स्वीकारिसकेकाले विरोध प्रदर्शनमा उत्रनुको विकल्प नभएको पौडेलले बताए ।
यो राजनीतिक कुरा हो संवैधानिक हैन भनेर ओलीले नै संसद विघटन असंवैधानिक भएको स्वीकार गरेको उनको जिकिर छ ।
जनताको आवाज सर्वोच्च अदालत सम्म पुर्याउन पनि डटेर बिरोध प्रदर्शन गर्नु पर्ने पौडेलले बताए । ७० वर्ष लगाएर बनाएको संविधान र व्यवस्थामा प्रधानमन्त्री ओलीले प्रहार गरेकाले देशभर विरोध प्रदर्शन गर्न उनले कार्यकर्ताहरुलाई अपील गरे ।
https://www.facebook.com/RCPaudelNepal/videos/449819546047805