काठमाडौं, माघ १ । नेपाल कम्युनिस्ट पार्टीको ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको तयारीमा जुट्न नेताहरुलाई निर्देशन दिनुभएको छ ।
बालुवाटारमा भएको स्थायी कमिटी सदस्यहरुसँगको छलफलमा ओलीले तोकिएको मिमितमा निर्वाचन गर्ने गरि तयारीमा लाग्न निर्देशन दिनुभएको हो । छलफलमा सर्वोच्च अदालत र निर्वाचन आयोगमा भइरहेको गतिविधिबारे ब्रिफिङ भएको बताईएकोछ ।
बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगले आधिकारिता आफूहरुलाई नै दिने भन्दै बैशाख १७ र २७ गतेको निर्वाचनका लागि तयारी तीव्र पार्न निर्देशन दिनुभएको हो ।
उहाँले प्रथम अध्यक्ष र महासचिव आफूसँगै रहेकाले विधानअनुसार सूर्य चिन्ह र आधिकारिक नेकपा आफुहरु नै भएको दाबी गर्नुभएको छलफलमा सहभागी एक सदस्यले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline