माघ १ काठमाण्डौं । यस अघि निर्वाचन भएमा भाग लिने बताउदै आएका काँग्रेस सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयमा निर्वाचन नगराउने बताएका छन् ।
आज पर्वतमा शहीद हरीदत्त स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै सभापति देउवाले यदी सर्वोच्च अदालतले संसद विघटनलाई सदर गर्यो र बैशाखमा चुनाव भएन भने प्रधानमन्त्री ओली देशमा बस्नै नपाउने अवस्था आउने चेतावनी दिए ।
प्रधानमन्त्री ओलीले अदालतलाई प्रभावमा पार्ने कोशिस गरेको, सडकमा व्याख्या गर्दै हिँडेको भन्दै न्यायलयले विवेक प्रयोग गर्नेमा आफू आशावादी रहेको उनले बताए ।
अदालतलाई निर्देशन दिन प्रधानमन्त्री, राष्ट्रपति कसैले पनि पाउदैन, देउवाले भने ।
अदालतलाई प्रभावमा पार्न खोजेमा त्यसको हिशाब किताव जनताले खोज्ने भन्दै सभापति देउवाले सर्वोच्च अदालत भन्दा ठूलो जनता भएको पनि चेतावनी दिए ।