माघ १ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले तीन वर्षमा प्रधानमन्त्री केपी ओलीले धेरै गलत गरीसकेको भन्दै अब यो देशले उनको बोझ बोक्न नसक्ने चेतावनी दिएका छन् ।
नेपाल बुद्धीजीवी संगठनले आज राजधानीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष नेपालले ओलीले थप गलत गतिविधि गरे पार्टीले थप कार्बाही गर्ने समेत बताए ।
ओली नेकपाका अध्यक्ष होइनन् उनको गुट हो । उहाँले अहिले पनि अनेकौं गलत काम गर्दै हिन्नुभएको छ । अहिलेसम्म पार्टी सदस्य त हुनुहुन्छ अब उहाँको गतिविधि हेर्दा थप कारबाही गर्नुपर्ने देखिएको छ । आज बस्ने स्थायी कमिटी बैठकले गम्भीर समीक्षा गरेर केही निर्णय गर्ने छ । अब ओलीले विश्राम लिनुपर्छ ओलीको बोझ यो देशले बोक्न सक्दैन । नेपालले भने ।
विभिन्न अध्यादेश देखि संसद विघटन सम्म र मनपरी नियुक्ति गर्ने जस्ता सारा कुराले ओलीले गलत गतिविधि गरेको स्पष्ट हुन्छ भन्दै उनले अब ओलीले बिश्राम लिनु पर्ने बताए ।
उनले आउने बैशाखमा निर्वाचन नहुने भन्दै ओलीले भ्रम छरिरहेको पनि बताए ।
संविधानकै कु भएका बेला निर्वाचन हुन सक्दैन, कोही पनि भ्रममा नपर्नु होला, नेपालले भने ।
सूर्य चिन्ह र पार्र्टीको नाम आफूहरुसगैँ रहने पनि उनको दाबी छ ।