वीरगंजमा अव्यवस्थित अटो, ई–रिक्सा, महानगर र ट्राफिक प्रहरी लाचार !

वीरगंजमा अव्यवस्थित अटो, ई–रिक्सा, महानगर र ट्राफिक प्रहरी लाचार !

  • बिहिबार, माघ १, २०७७
  • -दिपक चौरसिया

  • 23.5K
    SHARES

पर्सा १ माघ । वीरगंज माहानगरपलिकाले बनाएको यातायात सवारी व्यस्थापन कार्यविधि २०७६ को आफैले धज्जी उडाईरहेको गुनासो बढन थालेको छ ।
वीरगंज माहानगरपलिका भित्र चल्ने ई रिक्सा तथा टेम्पोहरुले वीरगंज माहानगरपलिकाबाट माहानगरको नम्बर बिना नै यातायात संचालन गरि रहेका छन । वीरगंज महानगरपालिका भित्र भाडामा चल्ने प्रत्येक सवारी साधनहरुले तोकिएको सुल्क तिरी रुट इजाजत पत्र लिनुपर्ने छ व्यवस्था छ तर यस्को पालना भने भएको छैन ।
महानगरपालिकाको रुट इजाजत पत्र बिना नै सर्वजनिक सवारी सधन चलाउन पाइने छैन भनि माहानगरको २०७६ को कानुन व्यस्था हुदा हुँदै पनि निर्धक्क रुपले नियम बिपरित सवारी साधन चलिरहेका छन ।
वीरगंज माहानगरपालिका भित्रका नागरिकहरु दैनिक जसो सडक जाम र चर्को भाडाको मारमा परिरहेका छन । माहनगपलिकाले नगरमा रुट निर्धारण नगर्नु, भाडा निरधरन नगर्नु, पर्किङको व्यवस्था नगर्नु, सिट निर्धारण नगर्नु, लाइसेन्स, पर्मिट, तथा जांच पास न हुनु ।
आफैले जारी गरेको सूचना कार्यन्वयन न गर्दा यहाँका नगरबासीहरु दैनिक जामको मार खेपिरहेका छन ।
वीरगंजमा नियम बिपरित र अनाधिकृतरुपमा चल्दै गरेको इ–रिक्सा, टेम्पू, तथा अटोले गर्दा वीरगंजको सुन्दरता लोप हुँदै गएको छ । रुटको निर्धारण न हुदा दिनहु घण्टौ सम्म जाममा बस्नु परेको स्थानीयहरुको गुनासो रहेको छ ।
वीरगंजको घण्टाघर देखि नारायणी अस्पतालसम्मको बाटोमा दिनहु जामको मार खेपनु परेको र अव्यवस्थित रुपमा पर्किङ रोड मै गरिरहेको कारण वीरगंजको घण्टाघरमा इ–रिक्सा, टेम्पू, अटोको कारणले गर्दा कुरुप समेत बनेको छ ।
नो पर्किङ लेखेको बोड अगाडीमा नै अटो पर्किङ गरी यात्रु खोज्दै रोड जाम गरी बासेको सहजै जो कोहीले पनि हेर्न सक्छन् । वीरगंज महानगरपालिकाको चलनी पत्र नम्बर ३४१५÷०७६÷०७७ को निर्णय अनुसार वीरगंज छेत्र भित्र संचालनमा रहेका तिनपङ्रे सवरि साधनहरुको वीरगंज महानगरपालिकाको कर्यालयबाट दर्ता कार्यको प्रारम्भ भएको अवगत हुदा हुँदै पनि सम्बन्धित सवारिधनीहरुले ढिला सुस्ती गरेको हुदा यस महनगरपालिको मिति २०७६÷८÷२४ गतेको निर्णय अनुसार सम्पुर्ण इ रिक्सा, अटो रिक्सा, तथा टेम्पू आदिको मिति २०७६÷८÷३०गते भित्र वी।म।न।पा। मा अनिवार्य दर्ता गराउने निर्णय हुदा मिति २०७६÷९÷१ गते देखि जिल्ला ट्राफिक प्रहरी कर्यलय र नगर प्रहरी को संयुक्त चेकजाच गर्दा महानगरपालिकामा दर्ता न गरेका सवारी साधनहरुलाई नियमनुसार जरिवान गरि दर्ता प्रक्रियामा लैजाने बेहोरा जानकारी गराएको हुदा पनि हाल सम्ममा कुनै काम कार्वाही भएको छैन ।

No description available.
वीरगंज महानगरपालिकाको चलानी नम्बर ४०९९÷०७६÷०७७ को पत्र जिल्ला ट्रफिक प्रहरी कार्यालयको नाममा दिएको पत्र अनुसार स्थानिय सरकार सन्चलन २०७४ र वीरगंज महानगपालिकाको यातायात तथा सवारी कर्याबिधी २०७६ बमोजिम महनगर भित्र गुडने सबै किसिमका तिनपङ्रे सवरी सधन इ–रिक्सा, अटो रिक्सा, टेम्पू, भयान, लोडर आदिको सम्बन्धमा सम्बन्धित निकाय संग भएको छलफल अनुसार आ।ब। २०७६÷०७७ देखि वीरगंज महानगरपालिकाको नगर कार्यपलिकाको कर्यलयबाट सवारी साधनको दर्ता, नवीकरण, नामसारी, बाटो इज्जत पत्र र जाँच पास कर्यको प्रारम्भ भै कार्य भईरहेको सम्बन्धित सबैमा जानकारीको लागि पत्र पत्रिकामार्फत सुचन प्रकाशित गरि मिति २०७६ पुष मसान्त भित्र दर्ता प्रक्रिया सम्पन्न गराइ सक्नु हुन जनकारी गराइएको थियो ।
महानगरपालिकाबाट दर्ता नम्बर प्राप्त न गरेका सम्पुर्ण तिन्पङ्रे सवरी साधनलाई पक्राउ गरि प्रचलित कनुन बमोजिम कार्यवाही गरि दर्त प्रक्रियाका लागि यस महानगरपालिकाको कार्यलयमा पठाइ सयोग गर्नु भनि दिएको पत्रमा हाल सम्मा ट्राफिक प्रहरी कर्यलय पर्सा मौन रहेको स्थानिय सचेत नागरिकहरुको गुनासो रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी