परराष्टमन्त्री ज्ञवाली भारत प्रस्थान, भारतीय प्रधानमन्त्री मोदीसगँ छलफल गर्ने

परराष्टमन्त्री ज्ञवाली भारत प्रस्थान, भारतीय प्रधानमन्त्री मोदीसगँ छलफल गर्ने

  • बिहिबार, माघ १, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं माघ १ । नेपाल भारत सम्बन्ध चिसिएको एक वर्ष लामो अवधि पछि पहिलो पटक नेपालको तर्फबाट उच्च स्तरीय सरकारी प्रतिनिधिले आजदेखि भारत भ्रमण गर्दैछन् । नेपाल भारत सँयुक्त आयोगको बैठकमा भाग लिने सिलसिलामा आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली दिल्ली प्रस्थान गरेका छन् ।
नेपाली भूमि लिपुलेकमा भारतले कैलाश मान सरोबर जोड्ने बाटो खने पछि र नक्सा जारी नेपालले गरे पछि सम्बन्ध तनावपूर्ण रहेको अवस्थामा भारतीय प्रमुख गुप्तचर सामन्त गोयल, सेनाअध्यक्ष नरवणे र विदेश सचिव श्रृगलाको नेपाल भ्रमण पछि सम्बन्ध सुधारतिर गएको सरकारले दाबी गर्दै आएको थियो ।
अहिले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर सरकार काम चलाउ भएको अवस्थामा नेपालको तर्फबाट भ्रमण हुन लागेको छ ।
यो भ्रमणमा सीमा पारवहन, लगायतका विषयमा छलफल हुने भनिए पनि भारतले ठोस रुपमा कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्ने बिषयमा छलफल गर्ने तयारी नगरेको स्रोतहरुको दाबी छ । भोली विभिन्न राजनीतिक भ्रमण गरे पछि मन्त्री ज्ञवाली स्वदेश फर्कनेछन् ।
यसैबीच विभिन्न कुटनीतिज्ञ एवं नागरिक अगुवाहरुले काम चलाउ सरकारको तर्फबाट हुने भ्रमणमा कुनै पनि दीर्घकालीन महत्वको विषयमा सम्झौता नगर्न अपील जारी गरेका छन् ।
ज्ञवालीले बैठक पश्चात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ