ओलीले भारतको डिजाईनमा संसद विघटन गरेको प्रचण्डको दाबी, राजीनामा दिनु परे कुर्सी भाँच्छु भन्थे संविधानै भाँचे

ओलीले भारतको डिजाईनमा संसद विघटन गरेको प्रचण्डको दाबी, राजीनामा दिनु परे कुर्सी भाँच्छु भन्थे संविधानै भाँचे

  • बुधबार, पुस २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

पुष २९ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले भारतको ईशारामा संसद विघटन गरेको दाबी गरेका छन् । भारतले भनेर संसद विघटन गर्या हो, सारा जनताले थाहा पाईसके, के भन्नु हुन्छ केपी जी ? प्रचण्डले प्रश्न गरे ।
काठमाण्डौमा बृहत कार्यकर्ता भेलालाई संवोधन गर्दै प्रचण्डले विदेशीको मन्त्रका आधारमा संसद विघटन र पार्टी विभाजन गरेको भन्दै ओलीले लोकतन्त्र र संविधानलाई धरापमा पारेको बताए ।
उनले पहिला पनि आफूसगँ ओलीले यदी मैले राजीनामा दिनु पर्यो भनेँ कुर्सी भाँच्छु भन्थे, अहिले संविधानै भाँचे प्रचण्डले भने ।
उनले पहिला भारतले आफूलाई हटाउन खोज्यो भनेर हल्ला गरे, भारतले हटाउन खोज्या हो भने हामीले किन हटाउने भन्ने भयो, अहिले त्यही भारतले भनेर ससद विघटन भयो , प्रचण्डले भने ।
सर्वोच्च अदालतले संसद पुनस्थापना गर्ने दाबी गर्दै प्रचण्डले यदी त्यसो हुन नसके जनताको आन्दोलनबाट संसद पुनस्थापित हुने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी