पुष २९ काठमाण्डौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा पूर्ण ईजलाशको माग कानुन व्यवशायीहरुले गरीरहेका बेला सरकार पक्ष असहमत देखिएको छ ।
यो मुद्दा किन बृहत पूर्ण इजलासमा लैजानु पर्ने भन्नेबारे बहस भएको छ। सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बृहत पूर्ण इजलासमा यो मुद्दा लैजाने विषयमा असहमति जनाएका छन् ।
अदालतमा जारी सुनुवाईको क्रममा खरेलले असमति जनाएका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सरकारी पक्षलाई बृहत् पूर्ण इजलास गठनबारे धारणा सोधे पछि खरेलले उक्त धारणा राखेका थिए ।
१३ निवेदनमा यो मुद्धा पूर्ण ईजलाशमा लैजान माग गरिएको छ । अधिवक्ता रमण श्रेष्ठले लगायतले यो मुद्धा पूर्ण ईजलाशमा लगेर फैसला हुनु पर्ने माग गरेका छन् ।
अहिले बहस जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline