संसद विघटन बिरुद्धको मुद्धामा आज पनि सुनुवाई हुँदै

संसद विघटन बिरुद्धको मुद्धामा आज पनि सुनुवाई हुँदै

  • बुधबार, पुस २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

पुष २९ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दाको संवैधानिक इजलासमा आज सुनुवाई हुँदैछ । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा पाँचजना न्यायाधिश रहेको संबैधानिक इजलासमा आज तेश्रो पटक सुनुवाइ हुन लागेको हो ।

गत पुष २२ गते कानुन व्यवसायीहरुले न्यायाधिशमाथि स्वार्थ बाझिने भन्दै इजलासमाथि नै प्रश्न उठाएपछी न्यायाधिश हरिकृष्ण कार्कीले यस मुद्दामा आफु नबस्ने घोषणा गरेका थिए ।

मुद्दाको सुनुवाई बृहत पूर्ण इजलासबाट हुनुपर्ने मागसहित रिट निवेदकहरुले याचिका दर्ता गराएका छन् ।
यस अघि कानुन व्यवशायीका साथै पूर्व प्रधानन्यायधीशहरुले समेत संसद विघटन असंवैधानिक भएको सार्वजनिक प्रतिकृया दिएका थिए ।
त्यसले राजनीतिक क्षेत्रमा समेत तरंग पैदा गरेको छ । प्रतिनिधि सभा विघटन बिरुद्ध परेको रिटका आधारमा सर्वोच्चले संविधानको ब्याख्या गर्दै ससद पुनस्थापना गर्नेमा आन्दोलनरत दलहरु विस्वस्त देखिन्छन् ।
तर प्रधानमन्त्री ओली कुनै पनि हालतमा सर्वोच्चले संसद पुनस्थापित नगर्ने भन्दै चुनावको तयारीमा लाग्न भन्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ