पुष २९ काठमाण्डौं । बालुवाटारमा आएर नेपालका प्रधानमन्त्री केपी ओलीसगँ अन्तरवार्ता लिई प्रशारण गरेको भोलिपल्ट भारतीय टिभी जी न्युजले सगरमाथाको नामै भारतीय सिकन्दर राख्नु पर्ने अभियान थालेको छ ।
प्रधानमन्त्रीको अन्तरवार्ता लिएर प्रशारण गर्ने तीनै सम्पादक सुधीर चौधरीले सगरमाथालाई भारतीय नाम दिने अभियान थालेको भन्दै भिडियो रिपोर्ट प्रशारण गरेका छन् । भारतीय गणितिज्ञ राधानाथ सिकदर सगरमाथाको उचाइ नापेकाले उनको नाममा सगरमाथाको नामाकरण हुनु पर्ने उनको तर्क छ। सगरमाथामा भारतले दाबी गर्नु पर्ने तीनै चौधरीले माग गरेका छन् ।
यस अघि पनि सोही टेलिभिजनले प्रधानमन्त्री ओली र चिनीया राजदुत होउ यान्छीलाई जोडेर भ्रामक र अमर्यादित रिपोर्ट प्रशारण गरेको थियो ।
यसै टिभीले सगरमाथाको नाम माउन्ट सिकन्दर राख्नु पर्ने अभियान थालेको र त्यसका लागि आफ्नो अभियानमा सरीक हुन चौधरीले अपील गरेका छन् ।

प्रधानमन्त्रीको अन्तरवार्ता लिन आएका बेला चौधरी हेलिकप्टर मार्फत सगरमाथाको आधार शिविरमा पुगेर तस्वीर र भिडियो लिएको बताईएको छ ।
केही समय अघि मात्रै नेपाल र चीनले सगरमाथाको सँयुक्त रुपमा उचाई बढेको घोषणा गरेका थिए । सगरमाथाको अहिलेको उचाई ८ हजार ८४८.८६ मिटर अग्लो रहेको छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा कब्जा गरेको भारतले सोही बिषयमा नेपालले नक्सा जारी गरेदेखि अमर्यादीत समाचार प्रकाशन गरेका थिए । जिन्युज लगायतका मिडिया बन्द गर्न माग भए पनि सरकारले बन्द गरेन ।
अहिले जी न्युजले फेरी नेपाल विरोधी अभियान चलाउन थाल्नु दुखद छ । जब कि केही दिनमा नेपालका परराष्ट्र मन्त्रीले समेत भारत भ्रमण गर्नु अघि यो अफवाह फैलाईदैछ ।