सर्वोच्चले संसद पुनस्थापना गर्ने मलाई विस्वास छ, ओलीको पतन अनिवार्य : प्रचण्ड

सर्वोच्चले संसद पुनस्थापना गर्ने मलाई विस्वास छ, ओलीको पतन अनिवार्य : प्रचण्ड

  • मङ्लबार, पुस २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

पुष २८ पोखरा । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले संविधानको व्याख्या गर्ने तर संसोधन नगर्ने भएकाले संसद पुनस्थापना हुने विस्वास व्यक्त गरेका छन् ।
आज पोखरामा सो समुहको जारी गण्डकी प्रदेशका बृहत कार्यकर्ता भेलाई संवोधन गर्दै प्रचण्डले कानुन विद, संविधान विद् सहित धेरै पक्षसगँको छलफल गर्दा सर्वोच्चले संसद विघटनको पक्षमा फैसला दिने आधार नभएको बताए ।
हिजो गिरीजा प्रसाद कोईराला जस्ता वृद्धा नेताले राजाले भंग गरेको संसद पुनस्थापनाको माग गरेर टाउको फुटाउदै आन्दोलन गरेको र ८ वर्ष पछि संसद पुनस्थापना भईछाडेको स्मरण पनि प्रचण्डले गरे ।
केपी ओलीको स्वेच्छाचारी र निरकुश कदमका बिरुद्ध सबै पक्ष जागरुक रहेको भन्दै यदी सर्वोच्चले संसद पुनस्थापना गरेन र अन्यथा भएमा जनताको अदालत खुल्ला रहेको प्रचण्डले चेतावनी दिए ।
केपी ओलीले अहिले दुर्घटना गराएको भन्दै केपी ओलीको पतन अनिवार्य रहेको र आफूहरुको बिजय सुनिश्चित रहेको प्रचण्डको दाबी छ ।
अहिले स्वेच्छाचारीताका बिरुद्ध राष्ट्रका लागि आन्दोलन गर्ने अवसर प्राप्त भएको भन्दै उनले आफू माधव नेपालका लागि र माधव नेपाल आफ्नो पक्षमा रहेको र केपी ओलीसगँ एकता गर्दा जे शर्तहरु थिए त्यसै गरी आफूहरु अघि बढ्ने बताए ।
केपी ओलीले आफूलाई पटक पटक फकाउने प्रयास गरेको दाबी गर्दै प्रचण्डले आफू सजिलै फकिने खालको मान्छे नभएको जिकिर गरे ।

यसै गरी प्रचण्डले निर्वाचन आयोगबाट नेकपा र सूर्य चिन्ह आफूहरुलाई दिने विस्वास गर्दै त्यसो नभए आँधी बेहरी आउने चेतावनी पनि दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ