संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आफ्नो पाँच महिले श्वास्थ्य मन्त्रालयको कार्यकाल सफल भएको दाबी गरेका छन् ।
आज निजामति कर्मचारीका प्रतिनिधिहरुसँगको छलफलमा मन्त्री ढकालले कठिन समयमा पनि आफू सफल रहेको दाबी गरे ।
यद्यपि, उनको कार्यकालमै सबै भन्दा बढी कोरोना स्वास्थ्य सामाग्री खरीदमा अनियमितताको बिषय उठेको थियो । सो मुद्धामा सार्वजनिक लेखा समितिले अख्तियारलाई छानविनका लागि सिफारीस गरेको छ ।
यस्तै मन्त्री ढकालले अब ओली नेतृत्वको बर्तमान सरकारको ध्यान आउने चुनावमा भएको र चुनाव गराएरै छाड्ने दाबी गरे ।
पार्टी फुटाएर गएका केही ज्येष्ठ नेताहरु चुनावको सामना गर्न डराएको आरोप पनि उनले लगाए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline