नेकपाको प्रचण्ड–नेपाल समूहले आज तीन प्रदेशमा बृहत् कार्यकर्ता भेला गर्दै

नेकपाको प्रचण्ड–नेपाल समूहले आज तीन प्रदेशमा बृहत् कार्यकर्ता भेला गर्दै

  • मङ्लबार, पुस २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

२८ पुष, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको संघर्षका कार्यक्रम गरिरहेको नेकपाको प्रचण्ड–माधव नेपाल समूहले आजतीन प्रदेशमा बृहत कार्यकर्ता भेला गर्दै छ । प्रदेश नम्बर २, गण्डकी र कर्णाली प्रदेशमा बृहत् कार्यकर्ता भेला तथा संघर्ष अभिमुखिकरण कार्यक्रम आयोजना गर्न लागेको हो । यसअघि सोमवार प्रचण्ड नेपाल समूहले प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा बृहत् कार्यकर्ता भेला गरेको थियो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको बारे कार्यकर्तालाई अभिमुखिकरण गरी जनस्तरसम्म प्रचारप्रसार गर्न यसप्रकारको कार्यक्रम आयोजना गरिएको केन्द्रीय संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिनुभयो । प्रचण्ड–नेपा समूहले बुधबार बागमती प्रदेशमा बृहत कार्यकर्ता भेला गर्दैछ ।

प्रतिनिधिसभा विघटनसँगै पार्टी विभाजित भएपछि निरन्तर संघर्षका कार्यक्रम गरिरहेको प्रचण्ड नेपाल समूहले दोस्रो चरणमा आगामी माघ २३ गतेसम्मका लागि संघर्षका कार्यक्रम तय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ