ओली बिचलित भए, नागरिक समाज सहित सबै एक ठाँउमा उभिएर संघर्ष गर्नु पर्छः माधव नेपाल

ओली बिचलित भए, नागरिक समाज सहित सबै एक ठाँउमा उभिएर संघर्ष गर्नु पर्छः माधव नेपाल

  • सोमवार, पुस २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

पुष २७ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले संघीयता, गणतन्त्र जस्ता अडानबाट प्रधानमन्त्री केपी ओली बिचलित भएकाले नागरिक समाज सहित सबै एक जुट भएर संघर्ष गर्नु पर्ने बताएका छन ।
संसद् विघटनविरुद्ध नागरिक संगठनहरूले सोमबार काठमाडौंमा आयोजना गरेको भेलामा अध्यक्ष नेपालले ओलीले कम्युनिष्ट आन्दोलन समेत सिध्याउन खोजेको दाबी गरे ।
संसद विघटनका बिरुद्ध नागरिक समाज सहित समाजका सबै शक्तिहरु एकजुट भएर संघर्ष गर्नु पर्ने अध्यक्ष नेपालले अपील गरे ।
यसै गरी उनले निर्वाचन आयोगमा आज पनि पार्टीको बहुमत सदस्यहरु आफूहरुसगँ रहेकाले पार्टीको आधिकारीता दिन आग्रह गरेको बताए ।
निर्वाचन आयोगले स्वतन्त्र ढंगले निर्णय गर्नेमा आफूहरु आशाबादी रहेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी