ओली सरकार बिरुद्ध हात्तीमा पार्टीको झण्डा र कालो ब्यानर, जसपाले बीरगञ्जमा गर्यो शक्ति प्रदर्शन(तस्वीरहरु)

ओली सरकार बिरुद्ध हात्तीमा पार्टीको झण्डा र कालो ब्यानर, जसपाले बीरगञ्जमा गर्यो शक्ति प्रदर्शन(तस्वीरहरु)

  • सोमवार, पुस २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.6K
    SHARES

पुष २७ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा आन्दोलित बनेको जसपाले बीरगञ्जमा आज प्रदर्शन गरेको छ । आजको प्रदर्शनमा कार्यक्रमलाई जसपा  अध्यक्ष उपेन्द्र यादव , दुई नं प्रदेशका मुख्य मन्त्री लाल बहादुर राउत, नेता लक्ष्मणलाल कर्ण, सांसद प्रदीप यादव र अन्य संघीय तथा प्रदेशका सांसदहरुले संवोधन गरेका थिए ।

हात्तीमा पार्टीको झण्डा र कालो ब्यानर राखेर समेत प्रदर्शन भएको थियो । प्रदर्शनमा ठूलो संख्यामा जसपाका कार्यकर्ता र समर्थकहरु सहभागी थिए । सो बिरोध कार्यक्रममा पर्सा जिल्लाको विभिन्न स्थानहरुबाट हात्ति, बाजागाजा सहित ¥याली आएको थियो । सो ¥यालीहरु वीरगंजमा एकतृत भई सभामा परिणत भएको थियो । सोही क्रममा पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकाका अध्यक्ष बिजय चौरसियाको नेतृत्वमा हात्ति, बाजागाजा सहित हजारौंको संख्यामा नेता कार्यकर्ताहरु बिरोध सभामा सहभागी भएका थिए ।

संवोधन गर्दै नेताहरुले सरकार असफल भएको र उसले अलोकतान्त्रिक र असंवैधानिक ढंगले संसद विघटन गरेको भन्दै बिरोध गरेका थिए ।
जसपाले यस अघि काठमाण्डौं बिराटनगर लगायतका क्षेत्रमा प्रदर्शन गरीसकेको छ ।
संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक भन्दै जसपाले आन्दोलन जारी राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ