पुष २७ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका दुई अध्यक्ष सहितका नेताहरु निर्वाचन आयोग जाँदैछन् । उनीहरुले निर्वाचन आयोगले यस अघि पठाएको पत्रबारे छलफल गरेर दलको आधिकारीकता आफूहरुले पाउनु पर्ने कुरामा धारणा राख्ने बताईएको छ ।
यसै गरी निर्वाचन आयोगले आँउदो बैशाखमा निर्वाचनको तयारी थालेकाले त्यसलाई रोक्न आग्रह पनि गर्ने एक नेताले जानकारी दिए ।
सर्वोच्चमा विचाराधीन मुद्धा रहेकै अवस्थामा निर्वाचनको तयारी थाल्न नहुने यस समुहले निष्कर्ष निकालेको थियो ।
प्रचण्ड भारतबाट फर्किए लगत्तै हिजो बसेको सचिवालयको बैठकले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरुको खण्डन गर्दै आन्दोलन जारी राख्ने पनि निर्णय गरेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline