पुष २६ काठमाडौँ । नेकपा प्रचण्ड माधव समुहले पूर्व पधानन्याधीशलाई नधम्क्याउन प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।
नेकपाले चार पूर्वप्रधानन्याधीशहरुले संयुक्त वक्तव्य दिएकोमा प्रधानमन्त्रीले अपमानित गर्ने र धम्काउने काम गरेको भन्दै उक्त कार्य आपत्तिजनक भएको निष्कर्ष निकाल्दै यस्तो चेतावनी दिएको हो ।
पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा आज बसेको सचिवालय बैठकले चार पूर्वप्रधानन्याधीसहरुले संयुक्त वक्तव्य दिएकोमा प्रधानमन्त्रीले अपमानित गरेको भन्दै प्रतिवाद गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीले धम्की दिने कार्यको भत्र्सना गर्दै प्रतिवाद गर्ने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठले अध्यक्ष दाहालको भारत भ्रमणमा कुनै राजनीतिक भेटघाट नभएको जानकारी दिए । पत्नी सीता दाहालको उपचारका लागि पुस २० मा मुम्बई गएका अध्यक्ष दाहाल पुस २५ मा फर्किएका थिए ।