पुष २६ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले लोकतन्त्रको रक्षाका लागि नै संसद विघटन गरेको जिकिर गरेका छन् । केही पदका महत्वकांक्षी मान्छेहरुलाई हावी हुन नदिन संसद विघटन गरिएको भन्दै अब निर्वाचनमा जानुको विकल्प नभएको बताए ।
राष्ट्रिय सभाको आजको बैठकलाई संवोधन गर्दै उनले यदी आफूले गल्ती गरेको भए जनताले दण्डित गर्ने र त्यसका लागि अपील गर्न तर निर्वाचनमा जानबाट नडराउन दलहरुलाई अपील गरे ।
ओलीले अब गफ पिट्ने दिन गएको भन्दै केपी ओलीको लोकप्रियता घट्यो कि बढ्यो भनेर हेर्न निर्वाचनमा जान अपील गरे । अब कुरा फिटेर हुँदैन, गैर जिम्मेवार भनेर हुँदैन, काम फिटेर हुन्छ, ओलीले भने ।
अहिले कुनै पनि सरकारले भन्दा आफ्नो सरकारले धेरै काम गरीरहेको ओलीको दाबी छ । अहिले उनको संवोधन जारी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline