पुष २५ बिराटनगर । जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भटटराईले प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा निर्वाचन नगराउने बताएका छन् । विराटनगरमा सो पार्टीले संसद विघटन बिरुद्ध आयोजना गरेको सभामा बोल्दै डा. भट्टराईले दुई तिहाईको सरकार छाडेर आफै हार्ने निर्वाचन ओलीले नगराउने दाबी गरे ।
मुसालाई पासोमा पसाउन राखेको ललिपप जस्तै ओलीले पनि अलमल्याउन र दलहरूलाई फसाउन चुनावको पासो थापेको भट्टराईले बताए ।
‘ओलीले कुनै हालतमा चुनाव गराउँदैनन्’भट्टराईले भने‘चुनाव गराईहाले पनि कम्वोडियाको हुन्सेनको जस्तो चुनाव गराउँछन् ।’ प्रतिगमनकारीले गराउने चुनावमा नलोभिन भट्टराईले काँग्रेस सहितका दललाई आग्रह पनि गरे ।
संविधानमा पधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार काँही पनि छैन, उनको यो बज्रपातले संविधान कोमामा गएको छ उनले भने ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline