पुष २५ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका वरिष्ठ नेता झलनाथ खनालले केपी ओली जर्मनीको हिटलर जस्तै तानाशाही भएको टिप्पणी गरेका छन् ।
आज सो समुहको सम्पर्क समन्वय समितिका कार्यकर्ताहरुको भेला पशिक्षणमा बोल्दै खनालले समाजवादी पार्टीबाट जर्मनीमा हिटलर जन्मिएको र नेपालमा कम्युनिष्ट पार्टीबाट त्यस्तै तानाशाही ओली जन्मिएको दाबी गरे ।
एक प्रसंगमा उनले धनगढीमा हिजो भएको ओली समुहको आमसभालाई पञ्चभेलाको संज्ञा दिएका छन् । विभिन्न जिल्लाबाट बस रिजर्भ गरेर पैसा दिएर मान्छे भेला पार्नुको औचित्य छैन खनालले भने ।
यस्तो घटना ४६ साल अघि पञ्चहरुले पनि गर्ने गरेको खनालले स्मरण गरे ।
सोही कार्यकममा सो समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद पुनस्थापना नहुने हो भने निर्वाचन पनि नहुने र संसद पनि नभए पछि देशमा प्रतिगमन हुने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline