चार जना पूर्व प्रधानन्यायधीशले निकालेको विज्ञप्तिप्रति प्रधानमन्त्रीको आपत्ति, बैशाखमा चुनाव हुने ठोकुवा

चार जना पूर्व प्रधानन्यायधीशले निकालेको विज्ञप्तिप्रति प्रधानमन्त्रीको आपत्ति, बैशाखमा चुनाव हुने ठोकुवा

  • शनिबार, पुस २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

पुष २५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार जना पूर्व पधानन्यायधीशले संसद विघटन असंवैधानिक भनेर दिएको सार्वजनिक अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
उनले आफ्नो समुहका युवा संघको भेलालाई संवोधन गर्दै चार पूर्व प्रधानन्यायधीशको विज्ञप्तिमाथि आपत्ति जनाएका हुन् ।
शुलीला कार्की, मीन बहादुर रायमाझी, कल्याण श्रेष्ठ र अनुपराज शर्माले हिजो विज्ञप्ति जारी गरेर संसद विघटन असंवैधानिक भनेका थिए ।
ओलीले यो विज्ञप्तिलाई न्यायलयमाथिको धम्कीको अर्थमा ब्याख्या गरेका छन् । स्वतन्त्र न्यायलयलाई नधम्क्याउन उनले आग्रह गरेका हुन् ।
साथै उनले आउने बैशाखमै निर्वाचन हुने भएकाले आँधी बेहरी ल्याउन कार्यकर्तालाई निर्देशन दिए ।
आफू पटक पटक मर्दै बाँच्दै लोकतन्त्रलाई मास्न नभई रक्षा गर्न आएकाले निर्वाचन गराएरै छाड्ने उनले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ