प्रधानमन्त्री ओली ‘श्री ७’ महाराजको जस्तो भएः केसी

प्रधानमन्त्री ओली ‘श्री ७’ महाराजको जस्तो भएः केसी

  • शनिबार, पुस २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, २५ पुस । चिकित्सक तथा अभियन्ता डा. गोविन्द केसीले संविधानले नदिएको अधिकार प्रयोग गरी संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनताले फाल्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा माइतीघरमा शनिबार आयोजित विरोधसभामा डा.केसीले राजालाई फाल्ने जनताले ओलीलाई पनि फाल्ने बताए ।

केसीले ओलीको व्यवहार श्री ७ महाराजको जस्तो भएको भन्दै श्री ५ महाराजलाई फालेका जनताले अब श्री ७ महाराजलाई पनि फाने बताए । सत्ताको उन्मादमा रहेको ओली सरकारलाई दण्डित गर्नु, संविधानको रक्षा गर्नु जनताको कर्तव्य हो पनि उनको भनाई छ ।

प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री कोही पनि नभई संविधान सर्वोपरी भएकाले त्यसको पालना नभए जनता सडकमा आउनुपर्ने भन्दै डा.केसीले जनताको संघर्षबाट ल्याएको संविधानको रक्षा गर्नु मतदाताको कर्तव्य भएको बताए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै आगामी दिनमा प्रदेश सरकारहरू पनि विघटन गर्ने सम्भावना रहेको बताए । प्रदर्शन गर्न माइतीघर गएकाहरूलाई सुरक्षाकर्मीले केहीबेर अवरोध समेत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ