कर्मचारीको काम तलब थाप्ने मात्र होइन: मन्त्री तुम्बाहाङफे

कर्मचारीको काम तलब थाप्ने मात्र होइन: मन्त्री तुम्बाहाङफे

  • शनिबार, पुस २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.1K
    SHARES

काठमाडौँ, २५ पुस । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिव माया तुम्बाहाङफेले साझा प्रकाशनको गरिमालाई बचाउन सञ्चालक समिति र कर्मचारी उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । साझा प्रकाशनको चौबिसौँ साधारणसभा कार्यक्रममा उहाँले कर्मचारीले प्रभावकारी ढङ्गले कार्यसम्पादन नगरेको पाइएको भन्दै आफूले प्रकाशनमा ल्याएको किताबका बारेमा बुझ्न खोज्दासमेत जानकारी पाउन नसकेको बताउनुभयो । “कर्मचारीको काम तलब थाप्ने मात्र होइन”, उहाँले भन्नुभयो, “कर्तव्यबोधका साथ काम गर्न नसक्नु ठूलो कमजोरी हो ।”

उहाँले साझा प्रकाशनमा विगतमा भएको भ्रष्टाचार र अनियमितताका कारण संस्था धारासायी हुने अवस्थामा पुगेको भन्दै अहिलेको नयाँ नेतृत्वले यसको विकासमा विशेष ध्यान पु¥याउनेमा आफू आशावादी रहेको बताउनुभयो । मन्त्री तुम्बाहाङफेले अहिलेको सङ्कटपूर्ण अवस्थामा सहयोग तथा अनुदानको जरुरत परे पनि यो संस्थालाई आत्मनिर्भर बनाउने दिशामा समिति र कर्मचारीको ध्यान पुग्नुपर्ने बताउनुभयो ।

राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले डुब्न लाग्ने अवस्थामा पुगेको संस्थालाई सबैको सहकार्य र एकताबाट उठाउनुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार र अनियमिताका कारण विभिन्न संस्था कमजोर बन्दै गइरहेको भन्दै सार्वजनिक पदमा बहाल रहेको व्यक्ति विभिन्न स्वार्थबाट प्रेरित हुँदा समस्याहरु आउने गरेको बताउनुभयो ।

नवनिर्वाचित अध्यक्ष विजय सुब्बाले साझालाई मरितुल्य अवस्थामा पु¥याउन अघिल्लो व्यवस्थापन बढी जिम्मेवार रहेको बताउनुभयो । “मैले चलाएको भ्रष्टाचार विरोधी अभियानमा मिडियालगायत विभिन्न पक्षले निकै साथ दिए”, उहाँले भन्नुभयो, “संस्थालाई ध्वस्त बनाउनेलाई मिल्काउन सफल भएका छौँ, अब संस्थाको मुहार फेरिने कुरामा शङ्का गर्नुपर्दैन ।” उहाँले संस्थालाई कमजोर बनाउने कर्मचारीले अब छुट नपाउने भन्दै सच्चिएर अघि बढ्न निर्देशनसमेत दिनुभयो । कार्यक्रममा महाप्रबन्धक, होम गौतम, सञ्चालक समिति सदस्य डिपी अर्याल, साझा प्रकाशनका पूर्वअध्यक्ष डा विष्णुविभु घिमिरे, साझाका निवर्तमान अध्यक्ष श्यामबहादुर थापा लगायतले मन्तव्य राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ