संसद विघटनविरुद्ध कांग्रेसद्धारा देशभर प्रदर्शन

संसद विघटनविरुद्ध कांग्रेसद्धारा देशभर प्रदर्शन

  • शनिबार, पुस २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर प्रदर्शन गरेको छ । संसद विघटन असंवैधानिक रहेको भन्दै कांग्रेसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।

विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवासहितका नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् । देउवा काठमाडौं क्षेत्र नम्बर ५ को बूढानीलकण्ठमा आयोजित सभामा सहभागी भएका थए । देउवाले सरकारको कदम असंबैधानिक भएको बताए ।

यस्तै काठमाडौ प्रदेश क्षेत्र नम्वर १ को प्रदेश निर्वाचन क्षेत्र क र ख ले आयोजना गरेको छुट्टाछुट्टै विरोध कार्यक्रमलाई संवोधन गर्दै कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानमाथि धावा बोल्दै प्रधानमन्त्रीले घोषणा गरेको चुनाव हुनेमा शंका व्यक्त गरे । उनले संसदमा विश्वासको मत लिन नसक्ने सरकारले चुनावबाट जनताको मत लिन नसक्ने जिकिर समेत गरे।

यस्तै, काठमाडौ निर्वाचन क्षेत्र ८ को प्रदेशसभा क ले आयोजना गरेको विरोध प्रर्दशनलाई संवोधन गर्दै नेता नवीन्द्रराज जोशीले प्रतिनिधिसभा विघटन कम्युनिष्ट सरकारको अधिनायकवादको अन्तिम कदम भएको बताए । नेपाली जनताले ७ दशकदेखिको निरन्तर संघर्षबाट प्राप्त संविधानलाई ३ वर्षमै असफल पार्ने प्रयास भएको उनको टिप्पडि छ।

प्रतिनिधिसभा विघटनविरुद्धको दोस्रो चरणको विरोध कार्यक्रम अन्र्तगत देशभरीका प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रर्दशनपछि माघ ३ गते सम्पूर्ण पालिका र माघ ८ गते सबै वडा केन्द्रित विरोध प्रर्दशनको कार्यक्रम रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ