प्रधानमन्त्री र राष्ट्रपतिमाथि सुरक्षा थ्रेट बढेको भन्दै थपियो सुरक्षाकर्मी

प्रधानमन्त्री र राष्ट्रपतिमाथि सुरक्षा थ्रेट बढेको भन्दै थपियो सुरक्षाकर्मी

  • शनिबार, पुस २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

पुष २५ काठमाण्डौं । राष्टपति र प्रधानमन्त्रीमाथि सुरक्षा खतरा बढेको भन्दै सुरक्षाकर्मीको संख्या विस्तार गरिएको छ ।

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा चुनौति बढेको विश्लेषण सुरक्षा निकायले गरे पछि सुरक्षाकर्मी बढाईएको हो ।
राष्ट्रपतिलाई भन्दा पनि प्रधानमन्त्री बाहिर धेरै हिँड्ने भएकाले उनको सुरक्षामा बिशेष सतर्कता अपनाईएको गृहस्रोतले बतायो । बालुवाटारमा पनि सेना सहितको सुरक्षाकर्मीको संख्या बढाईएको छ । सेना, प्रहरी, शसस्त्र र अनुसन्धानका गरी ९० जना यस अघि प्रधानमन्त्रीको सुरक्षामा खटिदै आएका थिए । अहिले सुरक्षाकर्मी थपेर झण्डै पहिलेको भन्दा दोब्बर सेना मात्रै तैनाथ गरिएको छ भने प्रहरी र शसस्त्र प्रहरीबाट पनि जनशक्ति थपिएका छन ।
प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने, विरोध प्रदर्शन गर्ने र भविष्यमा ढुंगामुडा समेत हुन सक्ने भएकाले सतर्कता अपनाउन प्रधानमन्त्री जाने कार्यक्रम स्थल र बाटोलाई पनि सुरक्षानिकायले निगरानी बढाउने योजना बनाएका छन् ।

प्रधानमन्त्रीको कार्यकममा जानेले कालो मास्क, कालो कपडा लगाउन नपाउने यस अघि पनि सुझाव दिईएको थियो ।

यस्तै ओली समुहका अन्य नेता र प्रचण्डबाट ओलीमा सामेल भएर मन्त्री बनेकाहरुलाई पनि सुरक्षाकर्मी बढाईएको छ ।
विभिन्न दलले संसद विघटनको बिरोध गर्दै आन्दोलन जारी राखेका बेला प्रधानमन्त्री, मन्त्री देखि नेता सम्मको सुरक्षा बढाईएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ