पुष २५ काठमाण्डौं । पुष ५ मा भएको संसद विघटन बिरुद्ध नेपाली काँग्रेसले आज दोस्रो चरणको आन्दोलन अन्तर्गत देशभरका ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन र सभाको आयोजना गरेको छ ।
यस अघि उसले देशभरका एक सय ६५ संघीय निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।
आज कतिपय क्षेत्रमा बिहानै र कतिपय क्षेत्रमा दिँउसो एक बजे बिरोध प्रदर्शन र कार्यक्रम हुने काँग्रेसले जनाएको छ । काठमाण्डौं क्षेत्र नं (क) को भने वानेश्वर एभरेष्ट होटल अगाडी पुगेर सभा हुनेछ । सो कार्यक्रमलाई काँग्रेस नेता प्रकाशमानसिंहले संवोधन गर्ने प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
यो प्रदर्शन पछि काँग्रेसले स्थानीय स्तरमा पनि विरोध कार्यक्रमहरु गर्ने तय गरेको छ । १२ बजे बिजुलीबजारमा भेला भएर एभरेष्ट होटल अघि सम्म र्याली हुने श्रेष्ठले जानकारी दिए ।
संसद विघटन बिरुद्ध नेकपा प्रचण्ड माधव समुह, काँग्रेस, जसपा लगायतका दल र नागरिक समाज, विद्यार्थी संगठनहरुले बिरोध गर्दै आएका छन् ।