एक नम्बर भगौडा तपाई हो , जनताको शीर झुक्ने गरी विदेशी जासुसलाई अध्याँरोमा भेट्ने ? भीम रावलले ओलीको गरे काउन्टर

एक नम्बर भगौडा तपाई हो , जनताको शीर झुक्ने गरी विदेशी जासुसलाई अध्याँरोमा भेट्ने ? भीम रावलले ओलीको गरे काउन्टर

  • शुक्रबार, पुस २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.2K
    SHARES

पुष २४ काठमाण्डौं । सुदुर पश्चिम प्रदेशका प्रभावशाली नेता एवं नेकपा प्रचण्ड माधव समुहका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री ओलीले प्रचण्ड माधव भगौडा भएको बताए लगत्तै काउन्टर गरेका छन् ।
राजधानीमा अछाम काठमाण्डौं सम्पर्क मञ्चको कार्यक्रमलाई संवोधन गर्दै रावलले एक नम्बरको भगौडा ओली भएको दाबी गरे ।
बालुवाटारमै बसेको स्थायी समितिको बैठकमा नआउने तर अध्यारोमा सामन्त गोयलहरुलाई भेट्ने र देश र जनताको शीर झुकाउने ? रावलले कटाक्ष गरे ।
रावलले चुनावी घोषणापत्र र नीतिहरुबाट पनि ओली भागेको दाबी गरे ।
प्रधानमन्त्री ओलीले सुदुरपश्चिम प्रदेशको राजधानी धनगढीमा पुगेर प्रचण्ड माधव नेपालहरु भगौडा भएको र उनीहरुको पछि नलाग्न कार्यकर्तालाई अनुरोध गरे लगत्तै रावलले राजधानीमा आयोजित कार्यक्रमबाट ओली बिरुद्ध कटाक्ष गरेका हुन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ