रौतहट, पुस २४ । प्रधानमन्त्री केपि शर्मा ओलिले संविधान बिपरित कार्य गर्दै संसद विघटन गरेको प्रती तिब्र असन्तुस्टि जनाउँदै रौतहटका प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी ओलीलाई विरोधपत्र बुझाएका छन्।शुक्रबार जिल्ला प्रसासन कार्यालय रौतहट पुगेका असन्तुष्ट समुहले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादब मार्फत प्रधानमन्त्रीलाई विरोधपत्र पठाइएको नेकपा केन्द्रीय सदस्य युवराज भट्टराईले जानकारी दिएका छन् ।
नेता कमल यादबद्धारा हस्ताक्षरित बिरोध पत्रमा गत पुस ५ गते संसद विघटनको घोषणा गरेर प्रतिगमन लाद्न खोजेकोमा उक्त कदम सच्याएर संसद पुनर्स्थापित गर्न प्रधानमन्त्री ओलीसँग माग गरिएको छ ।
बिरोध पत्र मार्फत नेताहरुले संसद विघटन गर्ने प्रधानमन्त्रीको अधिकार नभएकाले संविधानको धारा एकपटक पढ्न ओलीलाई सुझाब समेत दिएका छन् सबिधानले प्रतिनिधिसभा बिघटन गर्ने कुनै अधिकार नहुदा पनि असबैधानिक कदम चाल्दै गरिएको सांसद बिघटनको कदम प्रति पश्चाताप गर्दै राष्ट्रका सामु क्षमायचना गर्न र प्रतिनिधिसभा सुचारु गरी सबिधानलाई क्रियाशिल बनाउन आग्रह गरे । विरोधपत्र बुझाउने टोलीमा पूर्व मन्त्री सत्यनारायण भगत, पुर्व सभासद अशोक जयसवाल, नेकपाका रौतहट जिल्ला अध्यक्ष कमल ,नेता शम्भु साह , शम्भु सिंह लगायतको सहभागिता रहेको थियो ।
रौतहटको माधब -प्रचण्ड पक्षधर नेताहरुको प्रधानमन्त्रीलाई बिरोध पत्र
