पुष २४ धनगढी । प्रधानमन्त्री एवं नेकपा ओली समुहका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड र माधव कुमार नेपाल भगौडा भएको भन्दै आउदो निर्वाचनमा सो समुहले १० वटा सिट पनि चुनाव जीत्न नसक्ने ठोकुवा गरेका छन् ।
धनगढीमा आफ्नो समुहले आयोजना गरेको आमसभामा बोल्दै ओलीले १० सिट जीतेर देखाउन चुनौती पेश गरेका हुन् ।
संसदमा आफू बाहेक कसैको विकल्प नभएको जिकिर गर्दै ओलीले ताजा जनादेशमा जान संसद विघटन गरेकाले यो असंवैधानिक नभएको दाबी पनि गरे ।
खराब तत्वलाई गाँउमै ठेगान नलगाए माथि गएर हैरान पार्ने भन्दै आउदो बैशाखमा निर्वाचन भएरै छाड्ने ओलीको दाबी छ ।
उनले प्रचण्डप्रति लक्षित गर्दै छोरी बुहारी बाहेकलाई मतलव नगर्नेले पार्टी मेरो हो भन्न सुहाँउछ भन्दै चेतावनी दिए । प्रचण्ड र माधवको पछि नलाग्न उनले कार्यकर्ताहरुलाई आगह समेत गरे ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline